दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा आर्मी विजयी

दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा आर्मी विजयी

  • मङ्लबार, मंसिर ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

कर्णाली, ८ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रङ्शाशालामा भएको उक्त खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सवै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् ।
उनले ३६ बल खेल्ने क्रममा एक छक्का र पाँच चौका प्रहार गरिन् ।

बलिङतर्फ आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन मा खर्चिन । यसैगरी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिइन् ।

आर्मीले ६६ रन १३ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा बनायो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलको सामना गर्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् ।

बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीकी यमुना थारु घोषित भइन् । प्रतियोगिताअन्तरगत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल सञ्चाल भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।

मिडिया सेन्टर उद्घाटन

यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को सञ्चालन कार्यलाई व्यस्थित र प्रभावकारी बनाउन मिडिया सेन्टर स्थापना गरिएको छ ।

कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर परिसरभित्र स्थापना गरिएको उक्त सेन्टरको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै सचिव पौडेलले प्रतियोगिता अवधिभर हुने ३२ विधाका खेलको अडियो, भिडियो, अनलाइन, छापालगायतका विभिन्न सञ्चारका माध्यबाट प्रकाशित समाचार एकद्वारा प्रणालीबाट विश्वसनीय, रचनात्मक, तथ्यपरक र पारदर्शी तवरबाट वितरण होस् भन्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले सङ्घ र प्रदेशमा रहेका सबै सञ्चारकर्मीलाई समाचारमा एकरुपता ल्याउन आग्रह गर्दै अनौपचारिक रुपमा आजदेखि कर्णाली प्रदेश रङ्गशालामा विभिन्न खेल सञ्चालन भएका जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ