प्रचण्डको कटाक्ष: स्थानीय तहको निर्वाचनमा संघीय चुनावको जस्तो ‘हुरीबतास’ चल्दैन, जनताले इतिहास र काम हेरेर मत हाल्छन्

प्रचण्डको कटाक्ष: स्थानीय तहको निर्वाचनमा संघीय चुनावको जस्तो ‘हुरीबतास’ चल्दैन, जनताले इतिहास र काम हेरेर मत हाल्छन्

  • मङ्लबार, मंसिर ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा संघीय तथा प्रतिनिधि सभा निर्वाचनमा जस्तो लहड वा ‘हुरीबतास’ चल्न सम्भव नरहेको बताउनुभएको छ। मङ्गलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले स्थानीय चुनावमा मतदाताले उम्मेदवारको इतिहास, पृष्ठभूमि र वास्तविक कामको मूल्याङ्कन गरेर मात्र मतदान गर्ने जिकिर गर्नुभयो।प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले संघीय निर्वाचनमा जस्तो जोसुकैलाई मत हाल्ने प्रवृत्ति स्थानीय तहमा नचल्ने स्पष्ट पार्नुभयो। स्थानीय स्तरमा मतदाताले आफ्ना आफन्त, छरछिमेक र उम्मेदवारको विगतलाई नजिकबाट चिन्ने भएकाले भावनात्मक लहर मात्र निर्णायक नहुने उहाँको तर्क छ। पार्टी पङ्क्तिलाई निराश नहुन र उच्च मनोबलका साथ चुनावी तयारीमा जुट्न निर्देशन दिँदै उहाँले कार्यकर्ताहरू कस्सिएर मैदानमा उत्रिए स्थानीय तहमा उत्कृष्ट नतिजा निकाल्न सकिने विश्वास व्यक्त गर्नुभयो।नयाँ राजनीतिक शक्तिहरूको कार्यशैली र वास्तविकता आम नागरिकले बिस्तारै बुझ्दै गएको टिप्पणी गर्दै दाहालले गाउँघरसम्म पुगेर सत्यतथ्य बुझाउन कार्यकर्तालाई आग्रह गर्नुभयो। स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो परिणाम हासिल गर्न सके मुलुक पुनः क्रान्ति र रूपान्तरणको दिशामा अघि बढ्ने दाबी गर्दै उहाँले जति धेरै सक्रियता देखायो उति नै बढी सिट जितिने बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ