८ मङ्सिर, २०८३ (२४ नोभेम्बर, २०२६)
काठमाडौँ। पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा मङ्गलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपास रहेको छ। बिहानै गएको भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
उच्च हिमाली तथा सीमावर्ती क्षेत्रमा केन्द्रबिन्दु रहेकाले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण हालसम्म प्राप्त भइसकेको छैन। स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline