सानेपामा कांग्रेस सभापति गगन थापाले विशेष सम्बोधन गर्ने

सानेपामा कांग्रेस सभापति गगन थापाले विशेष सम्बोधन गर्ने

  • आइतवार, कार्तिक १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा सम्बोधन कार्यक्रम राखिएको छ। सम्बोधनअघि उनले प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ।

१५औँ महाधिवेशनपछिको साङ्गठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ