१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ।
मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा पेस गरेको हो।
अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा अनियमितता भएको पाइएको छ। हाल मुद्दा विशेष अदालतमा रुजु हुने क्रममा रहेको छ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline