काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ। बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
पार्टी कार्यालयका अनुसार बैठकमा वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषयमा विस्तृत छलफल हुनेछ।
यसअघि आजै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सञ्चालनका विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै सरकारको कार्यशैलीप्रति विभिन्न प्रश्नहरू उठाएका थिए। सभापति थापाको उक्त अभिव्यक्तिका सन्दर्भमा समेत बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline