वीरगन्ज । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवाद थप उग्र बन्दै गएको छ। स्थानीयवासी र प्रहरीबीचको तनाव बढ्दै जाँदा भएको ढुङ्गामुढामा परी एक जना वरिष्ठ हवल्दार घाइते भएका छन्।
घटनापछि फेटा गाउँपालिकाको अवस्था थप तनावपूर्ण बनेको छ। यसअघि प्रहरीको गोली लागेर स्थानीय युवक अजित पासवान गम्भीर घाइते भएका थिए।
घटनालाई लिएर स्थानीयवासीको आक्रोश बढ्दै गएको छ भने सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
अधुरो अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवादले अहिले झडपको रूप लिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline