वीरगन्ज । बाराको फेटा गाउँपालिकामा अधुरो अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने पूरै फेटा गाउँलाई प्रहरीले घेराबन्दी गरेको छ।
अधुरो अवस्थामा रहेको स्वास्थ्य संस्था उद्घाटन गर्न खोजिएपछि स्थानीयवासीले विरोध जनाएका थिए। विरोधका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय युवक अजित पासवान गम्भीर घाइते भएका छन्।
घटनापछि थप तनाव उत्पन्न हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो। अहिले फेटा गाउँका विभिन्न स्थानमा प्रहरीको उपस्थिति बढाइएको छ भने गाउँ नै घेराबन्दीमा परेको छ।
अधुरो अस्पताल उद्घाटनको विषयबाट सुरु भएको विवादले उग्र रूप लिएपछि स्थानीय क्षेत्रमा त्रास र तनावको अवस्था सिर्जना भएको छ।
घाइते के भन्छन् ?
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline