जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर कैदी फरार

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर कैदी फरार

  • शनिबार, कार्तिक १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

सुर्खेत — जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन्।

गए राति कारागारबाट उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिएका छन्।

कारागारमा कुल १७ जना कैदीबन्दी रहेका थिए। तीमध्ये पुर्पक्षका लागि थुनामा रहेका २ जना र अन्य ६ जना गरी कुल ८ जना सुरुङ खनी फरार भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ