पत्रकार पक्राउ लगत्तै रास्वपाको सचिवालय बैठक

पत्रकार पक्राउ लगत्तै रास्वपाको सचिवालय बैठक

  • शनिबार, कार्तिक १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ, कात्तिक १४ — समाचार कक्षबाटै पत्रकार पक्राउ परेको घटनालगत्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

रास्वपा सभापति रवि लामिछानेले आज (शनिबार) बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन्। समसामयिक विषयमा छलफल गर्नका लागि भन्दै शुक्रबार राति नै नेताहरूलाई बैठकबारे जानकारी गराइएको रास्वपा स्रोतले जनाएको छ।

सचिवालय बैठक अघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतम तथा कानुनविद् रहेका पार्टीका सांसदहरूसँग परामर्श गरेका थिए।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई उनीहरूकै समाचार कक्षबाट नियन्त्रणमा लिएका थिए। त्यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमै पुगेको थियो। मैनाली फेला नपरेपछि प्रहरीले सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा सोधपुछ र छलफल गरेको थियो।

पत्रकार पक्राउको चौतर्फी विरोध र आलोचना भएपछि सरकार तथा नेतृत्वकर्ता दल रास्वपाले उक्त घटनाबारे आफूहरूलाई पूर्वजानकारी नभएको दाबी गर्दै वक्तव्य जारी गरिसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ