पत्रकारमाथिको धरपकड सरकारको ‘फासिवादी’ रूप : नेकपा (एमाले)

पत्रकारमाथिको धरपकड सरकारको ‘फासिवादी’ रूप : नेकपा (एमाले)

  • शुक्रबार, कार्तिक १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ। नेकपा (एमाले)ले सञ्चारकर्मीहरूमाथि भइरहेको धरपकडप्रति कडा आपत्ति जनाउँदै वर्तमान सरकारको यो कदम फासिवादी चरित्रको द्योतक भएको बताएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा छापा मार्ने, पत्रकारलाई नियन्त्रणमा लिने र भयको वातावरण सिर्जना गर्ने कार्य अलोकतान्त्रिक र निन्दनीय भएको उल्लेख गरेका छन्।

“प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको सीधा प्रहार हो,” विज्ञप्तिमा भनिएको छ, “राज्यका निकायहरू कानुनको शासनभित्र रहनुपर्नेमा स्वयं सरकारले नै दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो।”

कानुनको शासनका नाममा उल्लङ्घन, सुशासनका नाममा दमन र लोकतन्त्रका नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने भन्दै एमालेले सञ्चारमाध्यममाथिको गैरकानुनी हस्तक्षेप तत्काल रोक्न माग गरेको छ। साथै, संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्दै पक्राउ परेका सञ्चारकर्मीहरूलाई विनासर्त रिहा गर्नसमेत एमालेले जोडदार माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ