पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन, तत्काल रिहा गर्न निर्देशन : प्रधानमन्त्री सचिवालय

पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्नता छैन, तत्काल रिहा गर्न निर्देशन : प्रधानमन्त्री सचिवालय

  • शुक्रबार, कार्तिक १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ। पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्रीको सचिवालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रष्टीकरण दिएको छ।

समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत दाहालले भनिन्, “पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ।”

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइसकेको समेत सचिवालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ