बडादसैँ लक्षित विशेष सुरक्षा योजना: काभ्रेपलाञ्चोकमा असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक

बडादसैँ लक्षित विशेष सुरक्षा योजना: काभ्रेपलाञ्चोकमा असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा पूर्ण रोक

  • बुधबार, अशोज २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

२८ असोज, २०८३ (१४ अक्टोबर, २०२६)

काभ्रेपलाञ्चोक।नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा यात्रुहरूको आवागमन सुरक्षित र सहज बनाउन काभ्रेपलाञ्चोक जिल्लाभर दस दिनका लागि टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै फूलपाती (असोज ३१ गते) देखि पूर्णिमा (कात्तिक ९ गते) सम्म जिल्लाभर कुनै पनि टिपर सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माद्वारा जारी सूचनामा दसैँका बेला बीपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकहरूमा सवारीसाधनको अत्यधिक चाप हुने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको उल्लेख गरिएको छ। चाडपर्वका बेला ग्रामीण तथा सहरी क्षेत्रमा आवतजावत गर्ने यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनले तोकिएको अवधिभर सबै किसिमका टिपर सञ्चालन नगरिदिन सम्बन्धित व्यवसायी तथा चालकहरूलाई आग्रह गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ