प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

  • मङ्लबार, अशोज २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

बेत्रावती, २७ असोजः नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी हुनुभएको छ ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो । बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुग्नुभएका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ