परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

  • मङ्लबार, अशोज २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

काठमाडौँ, २७ असोजः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान भएको थियो ।

उहाँहरूबीच नेपालमा हालै आएको विनासकारी बाढीबाट उत्पन्न परिस्थितिबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूको आवाजलाई अन्तरराष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउनुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिनुभएको थियो ।

जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धि गर्नुपर्नेमा समेत उहाँहरूले जोड दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ