नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

  • शुक्रबार, अशोज २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

काठमाडौँ, २३ असोजः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ४२ अङ्कले बढेर १७९ दशमलव १० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७ दशमलव ४६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर रु चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटा उपसमूह बढेका छन् । आज १८० कम्पनीको शेयर बढ्यो भने ८९ कम्पनीको शेयर घट्यो । त्यसैगरी १० कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक, सोलु हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर, प्राइम डिबेञ्चर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ