पश्चिम नवलपरासीमा ढाई वर्षीया बालिकामाथि यौन हिंसाको आशंका

पश्चिम नवलपरासीमा ढाई वर्षीया बालिकामाथि यौन हिंसाको आशंका

  • सोमवार, अशोज १९, २०८३
  • रबिन्द्र यादव

  • 931
    SHARES

पश्चिम नवलपरासी, १९ असोज ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ खजुरा खोला नजिकै आइतबार राति करिब ११ बजे ढाई वर्षीया बालिकामाथि यौन हिंसा भएको आशंका गरिएको छ । परिवारका सदस्यहरू घरबाहिर गएको समयमा घरमै सुतिरहेकी बालिकाको अवस्था असामान्य देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार गाउँकै एक व्यक्तिको करेसाबारीमा भन्टा चोरी भइरहेको जानकारी पाएपछि बालिकाका बुबा, आमा र जेठी छोरी त्यसतर्फ गएका थिए । उनीहरू फर्किएपछि बालिकाको अवस्था असामान्य देखिएको थियो ।
प्रहरीलाई खबर भएपछि बालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।
थापाले घटना संवेदनशील र मर्यादित विषय भएकाले अनुसन्धानको प्रारम्भिक चरणमा थप विवरण सार्वजनिक गर्न नमिल्ने बताए । घटनामा संलग्न व्यक्तिबारे विभिन्न आशंका गरिए पनि अनुसन्धान पूरा नभएसम्म कसैको संलग्नता पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ