भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते हुने

भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या कार्तिक ६ र ७ गते हुने

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

भक्तपुर । भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आगामी कार्तिक ६ र ७ गते हुने भएको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरी नेपाल संवत् ११४६ को अवसरमा भक्तपुर नगरपालिका–७, गोमारीको यातामा दुईदिने साहित्य सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । …जनता म्वाःसा भाषा म्वाईÚ अर्थात् …जनता बाँचे भाषा बाँच्छÚ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलन दुवै दिन बिहान ११ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।

पत्रकार सम्मेलनमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धन गर्दै आएको जानकारी दिए । सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको उनले जनाए ।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनेछ । आमन्त्रित तथा अतिथि साहित्यकारले पनि आफ्ना रचना प्रस्तुत गर्नेछन् । भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ । त्यसैगरी नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा गीतलगायत सांस्कृतिक प्रस्तुति पनि सम्मेलनका आकर्षण रहनेछन् । कार्यक्रमको पहिलो चरणमा दिउँसो साहित्यिक गतिविधि र दोस्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको छ ।

आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक बलराम गोसाईले तःमुंज्याले सामाजिक असमानता, अन्याय, श्रमिक तथा किसानका समस्या, शिक्षा, स्वास्थ्य, राष्ट्रियता र भाषा–संस्कृति संरक्षणजस्ता जनजीवनसँग सम्बन्धित विषयलाई साहित्य र सांस्कृतिक प्रस्तुतिमार्फत उठाउँदै आएको जनाए । यस वर्ष पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, समसामयिक राजनीतिक तथा सामाजिक विषय र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक र सांस्कृतिक विधामार्फत प्रस्तुत गर्ने तयारी गरिएको उनले जनाए ।

सम्मेलनको प्रचारप्रसारका लागि आयोजकले विभिन्न कार्यक्रमसमेत तय गरेको छ । असोज १७ गते शनिबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यकामा करिब ४० किलोमिटर दूरीको साइकल ¥याली आयोजना गरिनेछ । त्यस्तै, असोज २५ गते घटस्थापनाका दिन साँझ ५ बजे भक्तपुर दरबार क्षेत्रमा बाँसुरी बाजा प्रदर्शनी हुनेछ । सम्मेलनको अघिल्लो दिन कार्तिक ५ गते दिउँसो २ बजेदेखि सुकुन्दा ¥याली निकालिने आयोजकले जनाएको छ ।

प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गरिने आयोजकको भनाइ छ ।

चार दशकभन्दा लामो इतिहास बोकेको तःमुंज्याले साहित्यिक कार्यक्रमका अतिरिक्त सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतना अभिवृद्धिको सार्वजनिक मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । आयोजकले सम्मेलन सफल बनाउन साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय, सञ्चारकर्मी तथा भाषा–संस्कृतिप्रेमी सबैमा सहभागिता र सहयोगका लागि आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ