घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

काठमाडौँ, १३ असोजः प्रहरीले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई चन्द्रागिरिमा बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलङ्कीबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट ६५० लिटर तयारी मदिरा र चार हजार लिटर मदिरा बनाउन प्रयोग गरिने झोल पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न भाँडाकुँडा र चुलोसमेत नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कलङ्की पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ