बागलुङमा बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, ताराखोलामा थप दुई जनाको ज्यान गयो

बागलुङमा बाढी-पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, ताराखोलामा थप दुई जनाको ज्यान गयो

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

१३ असोज, २०८३ (२९ सेप्टेम्बर, २०२६)

बागलुङ। पछिल्लो तीन दिनयता अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। ताराखोला गाउँपालिका-५ सिपमा पहिरोले घर पुरिँदा थप दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या १२ पुगेको हो। पहिरोमा परी एक जना अझै बेपत्ता छिन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार ताराखोला-५ मा घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दी मालिका गाउँपालिका-२ की ७९ वर्षीया नरमाया रोकाको मृत्यु भएको हो। सोही घटनामा पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।

यसअघि शनिबार ताराखोलामै पहिरोमा परी एक जनाको मृत्यु भएको थियो भने आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जना गरी नौ जनाको ज्यान गएको थियो। तमानखोलामा पहिरोले घर बगाउँदा एक जना अझै बेपत्ता छिन्। जिल्लाभर बाढी-पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली उद्धार र राहतमा खटिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ