पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

१२ असोज, २०८३ (२८ सेप्टेम्बर, २०२६)
काठमाडौँ। असोज १० गते मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई उहाँकै निवासबाट नियन्त्रणमा लिइएको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुल बेन्च) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले मध्यरातमा सुतिरहेको अवस्थामा उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्‍याई करिब १० घण्टा राखेर पुनः परिवारको जिम्मा लगाएको थियो।

सोमबार बसेको सर्वोच्चको पूर्ण बैठकपछि प्रवक्ता तथा सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि कानुनले तोकेको उचित प्रक्रिया (Due Process of Law) अपनाएर मात्र नियन्त्रणमा लिन सकिने स्मरण गराइएको छ। प्रक्रिया नपुर्‍याई गरिने कामकारबाहीमा स्वेच्छाचारिता रहने र त्यस्तो कदम लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चले स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले न्यायपालिकाका पूर्व पदाधिकारीहरूसँग जोडेर न्याय सम्पादनका कामकारबाहीलाई गलत रूपमा चित्रण वा सम्प्रेषण नगर्न आग्रह गर्दै बाह्य वा आन्तरिक प्रभावबाट मुक्त भई निष्पक्ष न्याय सम्पादन गर्न प्रतिबद्ध रहेको विश्वास आम नागरिकलाई दिलाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ