चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

बागमती, १२ असोजः साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ ।

कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा पीठो सरकारले तोके अनुसारको छुट मूल्यमा बिक्री गरेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वसाधारणलाई छुट मूल्यमा गरिने वितरण समान होस् भन्ने उद्देश्यका साथ प्रति व्यक्ति छ पोका नुन, छ किलोग्राम चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने गरिएको छ ।

बजारको प्रचलित बिक्री मूल्यअनुसार कार्यालयले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, मैदामा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा प्रति लिटर सात रुपैयाँ छुटसहित बिक्री गरिरहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । सुपथ मूल्यमा बिक्री गर्ने क्रम आगामी तिहारसम्म जारी रहने कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ