काठमाडौँ, १२ असोज । मनाङस्थित हिमलुङ हिमालको हिमपहिरोमा परी ज्यान गुमाएका ४ जनाको शव फेला परेको छ । मृतक चारै जनाको पहिचान खुलेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।
अझै १२ जना सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी जारी रहेको पनि एनएनएमजीएले जनाएको छ ।
एनएनएमजीएका अध्यक्ष तुलसिंह गुरुङका अनुसार सोमबार थप २ जनाको शव फेला परेको हो । सोमबार फेला परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शवसहित यसअघि आइतबार फेला परेका छेबी भोटे र पासाङ भोटेको शव गरी ४ जनाको पहिचान खुलेको हो ।
गुरुङका अनुसार हिमलुङ हिमपहिरो क्षेत्रमा एनएनएमजीएको खोज तथा उद्धार टोलीले सोमबार पनि अभियानलाई निरन्तरता दिएको छ । मौसम तथा हिमालको अवस्था अनुकूल रहेमा टोलीले थप ३–४ घण्टा खोजी गर्नेछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline