नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

भक्तपुर, ३ असोजः यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको उपाधि नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर)को आयोजनामा सञ्चालन भएको २२औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधि हात पारेको हो ।

आज यहाँ आयोजित समापन कार्यक्रम कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रदीप जङ्ग केसीले विजेता नेपाल पुलिस स्कुललाई रु ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु ३० हजार नगद पुरस्कारसहित रनरअप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

पुरस्कार वितरणपछि कायम मुकायम प्रधान सेनापति बलाधिकृत केसीले विद्यार्थी जीवनमा खेलकुदको महत्त्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पुर्‍याउने योगदान महत्वपूर्ण हुने बताउनुभयो । २२औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँले बताउनुभयो ।

विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका दुई टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ समूह सहभागी भएका महाविद्यालयका व्यवस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कूल १९ वटा खेल सञ्चालन भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ