एन्फा कार्यालयमा सीआईबीको छापा: कागजात नियन्त्रणमा, कोषाध्यक्ष रवीन्द्र जोशीसँग सोधपुछ

एन्फा कार्यालयमा सीआईबीको छापा: कागजात नियन्त्रणमा, कोषाध्यक्ष रवीन्द्र जोशीसँग सोधपुछ

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 0
    SHARES

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पुगेर छापा मारेको छ। एन्फाभित्र भएका वित्तीय तथा प्रशासनिक अनियमितताबारे अनुसन्धान गरिरहेको सीआईबीले महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिनुका साथै पदाधिकारीहरूसँग सोधपुछ सुरु गरेको हो।

शुक्रबार साँझ एन्फा कार्यालय पुगेको प्रहरी टोलीले कोषाध्यक्ष रवीन्द्र जोशीलाई नियन्त्रणमा लिई गहन सोधपुछ गरिरहेको छ। सीआईबीका उच्च अधिकारीका अनुसार अनुसन्धानका क्रममा आवश्यकता परेमा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिनेछ। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले एन्फामाथि भइरहेको अनुसन्धानकै सिलसिलामा टोली कार्यालय पुगेको पुष्टि गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निलम्बन र त्यसलगत्तै फिफा (FIFA) ले एन्फामाथि प्रतिबन्ध लगाएको झन्डै चार महिना भइसकेको छ। बिहीबार मात्रै एन्फा महासचिव किरण राईले पत्रकार सम्मेलन गरी आगामी सोमबारदेखि कार्यालय खोलेर खेलकुद गतिविधि सञ्चालन गर्ने घोषणा गरेका थिए। तर, सो घोषणाको भोलिपल्टै सीआईबीले एन्फा मुख्यालय पुगेर कागजातहरू नियन्त्रणमा लिएपछि अनुसन्धान थप पेचिलो बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी