अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २ असोजः राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बाराकी बालिका गरिमा चौधरी र नवलपरासीकी उनीमाया विकको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै यसको न्यायिक छानबिन गर्न माग गर्नुभयो । सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै त्यससम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-३ मा शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको जनाउँदै उक्त घटनाको छानबिन गर्न माग गर्नुभयो । सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न र सडक सञ्जाल पुनः जोड्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी