असाेज, २ कनठमाडाैं । काठमाडाैंकाे जडिबुटीस्थित मनाेहरा पुलमा तेल ट्यांकरले दुई जना सवार माेटरसाइकललाई घिसार्दा ठूलाे दुर्घटना भएकाे छ । शुक्रबार अपरान्ह करिब सवा १ बजे भक्तपुर गइरहेकाे ट्यांकर साेहि दिशातर्फ गइरहेकाे २२० पल्सर माेटरसाइकललाई झण्डै ५० मिटर परसम्म घिसारेपछि दुर्घटना भएकाे हाे । दुर्घटनामा परेका माेटरसाइकल राताे कालाे रंगकाे बा ९३ प ७६७८ नम्बरकाे रहेकाे छ ।
त्यसबाट माेठरसाइकल पछाडि सवार महिला गम्भीर भएकी छन् भने चालक पुरूष अर्धचेत अवस्थामा रहेकाे बताइन्छ । उनलाई बाटाे हिड्ने मानिस र ट्राफिककासहयताका तत्काल उद्धार गरी अस्पताल पठाइएकाे छ । महिलाकाे भने अचेत अवस्थामा उद्धार गरी अस्पताल पठाइएकाे घटनास्थलका प्रत्यक्षीदर्शीहरूले बताए । उनीहरूका अनुसार महिलाकाे अवस्था निकै गम्भीर रहेकाे छ ।
घटनास्थल हेर्दा माेटरसाइकल निकै परसम्म घिसारिएकाे र रगत बग्नुका साथै मासुका टुक्रासमेत समेत छरपष्ट देखिन्थ्याे । काेटेश्वर वृत्तबाट डीएसपी नेतृत्वमा घटनास्थलमा प्रहरीकाे टाेली पुगेर जारकाे पानीले सडक सफा गर्नुका साथै केही ठप्प बनेकाे सवारी आवागमन सुचारू गरेकाे छ । ट्यांकरलाई नियन्त्रणमा लिइएपनि चालककाे परिचय नखुलेकाे जनाइएकाे छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे घटनास्थलमा खटिएका प्रहरीले जनाएकाे छ ।









