गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

लिस्बन, २ असोजः
पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८।३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

उपाधिसँगै गोरखा ११ ले पाँच हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जिजिराले दुई हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । एनएससीए जर्मनी तेस्रो भएको छ ।

जिजिरा माल्टाका मेहबुब अली प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सोही टोलीका सुरज दरैमगर उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । एनआरएनए जर्मनीका आशिष निरौला उत्कृष्ट बलर घोषित हुनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी