बाढी प्रभावितका लागि १३ लाख सहयोग

बाढी प्रभावितका लागि १३ लाख सहयोग

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौँ, १ असोजः भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ लाख सहयोग गरेका छन् ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

एयरलाइन्सका अनुसार कर्मचारीले स्वेच्छिक रूपमा रु १४ लाख ७० हजार ६६६ रकम सङ्कलन गरेको र सो रकममध्ये १० प्रतिशत रकम विपद्बाट प्रत्यक्ष प्रभावित हिमालयका कर्मचारीको परिवारलाई प्रत्यक्ष सहयोगस्वरूप उपलब्ध गराइएको छ भने बाँकी रु १३ लाख २० हजार ६६६ नेपालमा हालैको बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीकातर्फबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ