काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य साविककै दुई हजार ६० रुपैयाँ कायम, शुक्रबारदेखि लागू हुने

काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य साविककै दुई हजार ६० रुपैयाँ कायम, शुक्रबारदेखि लागू हुने

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा प्रतिसिलिन्डर ग्यास दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्न उद्योगीहरूसँग आग्रह गरेको छ। संघका अध्यक्ष दिवान चन्दद्वारा बिहीबार जारी विज्ञप्ति अनुसार आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी आयल निगमले तोकेको आधिकारिक साविक मूल्यमै ग्यास बिक्री गर्न र आफ्ना वितरकहरूलाई सोहीअनुसार जानकारी गराउन निर्देशन दिइएको छ।

यसअघि भदौ १४ गते कृष्णभीरमा आएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले तराईका विभिन्न जिल्ला (मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषा) बाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौँ ल्याएका थिए। सो अतिरिक्त ढुवानी खर्चबापत संघले भदौ १८ गतेदेखि लागू हुने गरी १०५ रुपैयाँ ३८ पैसा भाडा थपेर प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न भनेको थियो।

अब कृष्णभीरमा नयाँ ट्र्याक खोलेर राजमार्गमा यातायात सञ्चालनमा आइसकेकाले ग्यास बुलेटहरू सिधै काठमाडौँ आउन थालेका छन्। ढुवानी सहज भएसँगै थपिएको अतिरिक्त भाडा हटाई पूर्ववत् तोकिएकै मूल्यमा ग्यास बिक्री गर्न संघले स्पष्ट पारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ