दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौँ, १ असोजः प्रतिनिधिसभा सदस्यहरुले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसद यज्ञमणि न्यौपानेले दातृ निकायबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोदाममा थन्किएको बताउँदै पीडितहरूलाई ती सामान प्रदान गर्न माग गर्नुभयो ।

सांसद बोधनारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा पुरिएका निजी भवन, वित्तीय संस्थाका भवन तथा धार्मिकस्थललगायत संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद गङ्गादेवी श्रेष्ठले बाढी प्रभावितको उचित पुनःस्थापना तथा पुरिएका घर र भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न माग गर्नुभयो । उहाँले भोटेकोशी कटान रोक्ने संरचना निर्माण थाल्न आग्रह गर्नुभयो ।
सांसद टिकाभद्र हमालले बाढीपीडितलाई सघाउन सरकारसँग आग्रह गर्नुभयो ।
सांसद यशोदाकुमारी बरालले खानापकाउने ग्यासको अभावले जनता आहत भएकाले यो समस्या तत्काल समाधान गर्न माग गर्नुभयो ।

सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा सर्वसाधारणले उपचार नपाएका गुनासो गर्नुभयो ।
सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका सेवा प्रदायकले प्रवाह गरेको सेवा र मालसामानको भुक्तानी नपाएाले तत्काल बक्यौता तिर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी