‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ, १ असोजः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या ः समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा सहभागीले भूमिहीनता र अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्वासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए ।

उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक–आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी