राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्

राष्ट्रियसभाः ठूला चाडपर्वमा उपभोग्य वस्तुको अभाव नहोस्

  • बुधबार, भदौ ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताउनुभएको छ । सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताउनुभयो ।

सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लाग्नुभएका प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताउनुभयो । सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी आन्दोलन भएको उल्लेख गर्नुहुँदै त्यो मुद्दालाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई विना भेदभाव राहत दिनुपर्नेमा त्यस्तो हुन नसकेको गुनासो आएको सुनाउनुभयो ।

सदस्य धर्मेन्द्र पासवानले सरकारले शिक्षा क्षेत्रका बारेमा ठोस नीति ल्याउनुपर्ने माग गर्नुभयो । सदस्य जगतबहादुर पार्कीले जनताले सरकारको व्यवहार परिवर्तन भएको हेर्न चाहेकाले त्यसअनुसार प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी