दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु

  • मङ्लबार, भदौ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

सर्लाही, ३० भदौः सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भ¥याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भ¥याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी