मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  • मङ्लबार, भदौ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

कैलाली, ३० भदौ : स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी