भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग

  • मङ्लबार, भदौ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

पाल्पा, ३० भदौ : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले रु एक करोड ७१ लाख ३१७ सहयोग गर्ने निर्णय गरेका छन् ।

रैनादेवी छहरा, माथागढी, तिनाउ, पूर्वखोला, रिब्दीकोट, रम्भा, बगनासकाली, निस्दी गाँउपालिका र रामपुर तथा तानसेन नगरपालिकाले बाढीपीडितका लागि राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन् ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि स्थानीय तह, सङ्घसंस्था तथा विभिन्न क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम चलिरहेका बेला यहाँका स्थानीय तहले आर्थिक सहायत दिने निर्णय गरेका हुन् । रैनादेवी छहरा गाउँपालिकाले रु ३५ लाख ४४ हजार ३४५ राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु दुई लाख ५० हजार, जनप्रतिनिधिबाट रु दुई लाख पाँच हजार ९५०, कर्मचारीबाट रु छ लाख ४८ हजार ८१, शिक्षकबाट रु २४ लाख २५ हजार ३१४ र तीज गीत कार्यक्रमलाई छुट्याएको १५ हजार बजेट कटौती गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताउनुभयो ।

विपद्का बेला मानवीय सहयोग र स्थानीय सरकारको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यपालिकाले सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । माथागढी गाउँपालिकाले रु ३४ लाख ४६ हजार, रिब्दीकोट गाउँपालिकाले रु ३१ लाख ५० हजार पूर्वखोला गाउँपालिकाले रु २९ लाख ७५ हजार ९७२, बगनासकाली गाउँपालिकाले रु दुई लाख ५० हजार, रामपुर नगरपालिकाले रु दुई लाख ५० हजार, रम्भा गाउँपालिकाले रु दुई लाख ५० हजार र निस्दी निस्दी गाउँपालिकाले रु एक लाख कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

रामपुर नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा भदौ १३ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले समेत बाढीपीडितका लागि राहत सामग्री सङ्कलन तथा पठाउने कार्यलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी