प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ, २९ भदौः विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ ।

झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

यही भदौ १० गते भोटेकोशी बाढी तथा पहिरोका कारण भएको धनजनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको परिवारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी