गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

गुल्मी, २९ भदौः स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।

उहाँको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

गत आइतबार साँझ घरबाट इश्मा गाउँपालिका–४ हुलास्थित तीजमा माइतीघर जाने क्रममा स्थानीय खोला तर्दै गर्दा श्रीमती पुनलाइ बगाएको थियो । घटनाबारे तत्कालै स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी इश्मा र प्रहरी चौकी पौदीअमराईबाट प्रहरी टोली खोज तथा उद्धारका लागि खटिएको थियो । खोजतलासको क्रममा आइतबार राति खोला किनारमा पुनले लगाएको कपडा, ह्यान्डब्याग र चप्पल मात्र फेला परेको थियो ।

उक्त शवलाई पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी