तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ, २९ भदौ : तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए । बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आउनुभएकी दर्शनार्थी रञ्जिता शर्माले बताउनुभयो ।

बिहानै पानी पनि परेको र पानी रहेपछि पनि बादल लागेकाले भक्तजन कम आएको संस्कृति संरक्षण महाशाखाका बिसेट नायके अरुण श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण एक हजार ३०० भन्दा बढीको निधन भएको र करिब चार हजार मानिस हराइरहेको शोकका कारण शिवालयमा आउने भक्तजनको सङ्ख्या घटेको छ ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा रातो पहिरनमा सजिएका महिला भक्तजनको लाम लागेको छ । छिटो दर्शन गरेर फर्कनुपर्ने भक्तजनका लागि कोषले सःशुल्क टिकटको व्यवस्था गरेको छ । एक हजार रुपैयाँको को टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिएको छ । यो टिकट दिनभर काटेर दर्शन गर्न सकिने कोषले जनाएको छ ।

तीजका अवसरमा दिउँसो तीन बजे प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा, आराधाना एवं दर्शन गर्नुहुने कार्यक्रम रहेको जानकारी सदस्य सचिव श्रेष्ठले दिनुभयो । अन्य विशिष्ट व्यक्ति दर्शनका लागि आउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको कोषले जनाएको छ । तीजका अवसरमा राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वरलगायत काठमाडौँ उपत्यकाका ठूला, साना शिवालयमा भक्तजनको लाम लागेको छ ।

यसैगरी देशका विभिन्न स्थानमा रहेका साना, ठूला शिवालयमा पूजा, आराधाना एवं दर्शनका लागि महिला दर्शनार्थी भक्तजनको घुइँचो रहेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी