संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना

संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

काठमाडौँ, २९ भदौ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिकाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेता आङदेम्बेले आज विज्ञप्तिमार्फत तीज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताउनुभएको छ । उहाँले तीजले नेपाली समाजमा आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।

समयसँगै समाज परिवर्तन हुँदै गएको र महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको बताउदै नेता आङ्देम्बेले राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।

नेता आङदेम्बेले हरितालिका तीजको पावन अवसरले आपसी सद्भाव अझ मजबुत बनाउँदै नेपाली समाजलाई थप न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी