बुर्तिबाङ अस्पतालमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी शल्यक्रिया

बुर्तिबाङ अस्पतालमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी शल्यक्रिया

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

बागलुङ, २९ भदौः स्तरोन्नतिकै चरणमा रहेको बागलुङको बुर्तिबाङ प्रादेशिक अस्पतालमा जटिल शल्यक्रिया हुन थालेको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा नशा रोगसम्बन्धी शल्यक्रिया हुन थालेको छ ।

अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा विस्तार गर्ने क्रममा हाडजोर्नी तथा ट्रमासम्बन्धी शल्यक्रिया सफल भएपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताउनुभयो ।

अस्पतालमा शनिबार एकै दिन तीन बिरामीको सफल शल्यक्रिया गरिएको थियो । जसमा स्थानीय ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोको हड्डी भाँचिएको समस्या, ४० वर्षीया महिलाको दाहिने हातको नसा च्यापिएको समस्या र १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो (सिस्ट) को शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन डा पोखरेलले जानकारी दिनु भयो ।

अस्तालका डा अविशेक चौहानको नेतृत्वमा डा दिनेश थापा र डा सुरज नेपालीसहितको समूहले सफल शल्यक्रिया गरेको मेसु पोखरेलले जानकारी दिनुभयो । ४७ वर्षीया महिलाको दाहिने खुट्टाको गोलीगाँठोमा भाँचिएको हड्डीलाई प्रविधिबाट पाता तथा स्क्रूको प्रयोग गरी जोडिएको थियो ।

त्यस्तै, ४० वर्षीया महिलाको दाहिने हातमा रहेकोे समस्याका लागि नसामा परेको दबाब हटाउने शल्यक्रिया गरिएको हो ।

त्यसैगरी, १७ वर्षीया महिलाको दाहिने हातमा रहेको गाँठो÷गिल्टीलाई शल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । अस्पतालमा हाडजोर्नी तथा ट्रमासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुलाई अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

पश्चिम बागलुङ तथा आसपासका ग्रामीण क्षेत्रका नागरिकले हाडजोर्नी र नसासम्बन्धी उपचारका लागि टाढाका ठूला अस्पतालमा जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी