एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ, २८ भदौः सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन भएको टोलीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट निजलाई शनिबार पक्राउ गरिएको हो । करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका अभियु्क्त पोहोर भदौ २४ गते त्यहाँबाट भागेका कैदी हुन् ।

यसैबीच,स्रोत नखुलेको रु १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् । स्कुटरमा केशरमहलतर्फ गइरहेका उनलाई शङ्का लागेर खानतलास गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी