प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या

प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौँ, २८ भदौः राजधानीको पुरानो सिनामङ्गल नाकटीस्थित प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरअघि वर्षात्को बाढीले ल्याएको माटोले मन्दिर प्रवेशमा असहजता भएको छ । मन्दिरको मूल ढोकाअघिको प्रवेश मार्गमा बर्षात्को पानीले तीन फिट बराबर हिलो माटो र कङ्क्रिट जम्मा भएको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो ।

मन्दिरअघि जमेको माटोले नागेश्वरका नित्य दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न एक हप्तादेखि असहज भएको उहाँले बताउनुभयो । मन्दिर परिसरभित्र पनि पानी र हिलोले गर्दा बगैँचाका फूल एवं रुख, बिरुवालाई पनि असर गरेको छ । सरसफाइ एवं बाटोको अवरोध हटाउन काठमाडौँ महानगरपालिका-३२ सँग अनुरोध गरिएको समितिले जनाएको छ ।

नेपाली नारीहरूको पर्व तीजमा हजारौँ दर्शनार्थी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन् । तीजको अघिल्लो दिनसम्म पनि मन्दिरको मूल ढोकाअघिको माटो नपन्छाउँदा प्रवेशमा समस्या भएको मन्दिरका पुजारी जगन्नाथ खनालले बताउनुभयो । प्राचीन सम्पदा संरक्षणमा सम्बन्धित निकाय र स्थानीय सरकारले ध्यान नदिँदा समस्या भएका स्थानीयवासीको गुनासो छ ।

पशुपति क्षेत्रस्थित गौचरणमा पर्ने नागेश्वर मन्दिर विमानस्थल विस्तार गर्ने क्रममा २०६८ सालमा मन्त्रिपरिषद्को निर्णय अनुसार यहाँको सार्वजनिक जग्गामा स्थानान्तरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी