भरतपुरमा गुडिरहेको आयोन ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु, आगलागीको कारणबारे प्रहरीद्वारा अनुसन्धान सुरु

भरतपुरमा गुडिरहेको आयोन ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु, आगलागीको कारणबारे प्रहरीद्वारा अनुसन्धान सुरु

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा भदौ २६ गते बिहान पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा गुडिरहेको आयोन (Aion) ब्रान्डको विद्युतीय (ईभी) कारमा अचानक आगलागी भएको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको कार गुड्दागुड्दै आगलागी हुँदा गाडीभित्रै थपिएर चालक ५६ वर्षीय अमर पराजुलीको ज्यान गएको थियो।

भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा एवं किराना व्यवसायी पराजुली बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा कारमा अचानक आगो सल्केको थियो। स्थानीयले गुडिरहेको कारमा आगो दन्किएको देखेपछि रोक्न आग्रह गरे पनि कार नियन्त्रणबाहिर गई सडकको डिभाइडरमा ठोक्किएको थियो। चालक गाडीबाट बाहिर निस्कन नपाई गाडीभित्रै उनको मृत्यु भएको हो।

सुरक्षाकर्मीहरूले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए भने मृतकको शव भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार प्राविधिक टोलीसँग समन्वय गरेर गुडिरहेको ईभी कारमा के कति कारणले आगलागी भयो भन्ने विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी