गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

बागलुङ २८ भदौः भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो । मुसलधारे पानी परेको थियो । गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका थिए । देवीका परिवारले त्यो दिन त्यसै गरे । पालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्यो ।

पैँतिस वर्षीया देवीले गाउँकै हिल स्वास्थ्य चौकीमा सोही रात तेस्रो सन्तानलाई जन्म दिनुभयो । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किएकी देवी यसपटक पालिकाको एम्बुलेन्सले नै घर पुर्याइदियो ।

ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । .पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा लिने देवीजस्तै ६५ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाका गर्भवती र सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामको धौलागिरि अस्पताल र पोखरा, अस्पतालबाट घरसम्म पु¥याउने प्रबन्ध मिलाइएको पालिकाका अध्यक्ष धनबहादुर विकले राससलाई बताउनुभयो ।

गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उहाँका दाजुभाइले एम्बुलेन्स प्रदान गर्नुभएको हो । २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थासम्म सहज भएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न पालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ भने गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी