आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

  • आइतवार, भदौ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

कैलाली, २८ भदौः कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको क्षेत्र सफा गर्न आफैँ जुटेका हुन् । केही दिनअघिदेखि वडाका विभिन्न क्षेत्र सरसफाइ गर्न सुरु गरिएको छ ।

एकता युवा क्लबको अगुवाइमा स्थानीय युवा, भलमन्सा, बुद्धिजीवी तथा अन्य स्थानीयवासीको सहभागितामा सडक छेउछाउको सरसफाइ सुरु गरिएको हो । सडक छेउछाउमा झाडी बढ्नुका साथै फोहर जम्मा हुने र सडकमा फैलिएका रूखका हाँगाका कारण आवतजावतमा समस्या हुनुका साथै बिजुलीका तारमा समेत असर पर्न थालेपछि अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो । अभियानका क्रममा सडक छेउमा रहेका अनावश्यक रूखका हाँगा काट्नुका साथै झाडी र फोहर सफा गरिएको छ ।

क्लबका अध्यक्ष पोखरेलले आफ्नो गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउन युवाको नेतृत्वमा अभियान सुरु गरिएको बताउनुभयो । गाउँभरिका युवालाई सहभागी गराएर सार्वजनिक स्थानको सरसफाइसँगै स्थानीयवासीमा समेत आफ्नो ठाउँ आफैँ सफा राख्नुपर्छ भन्ने भावना विकास गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

“सार्वजनिक ठाउँ सफा राख्ने जिम्मेवारी सरकारको मात्र होइन, हामी नागरिकको पनि हो”, उहाँले भन्नुभयो, “आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सकिन्छ भन्ने सन्देश दिन युवाको अगुवाइमा अभियान सुरु गरेका हौँ ।”

सरसफाइमा सहभागी स्थानीय भीमबहादुर बुढाले सडकमा गाईगोरु छाडा छाडिने, सडक छेउछाउमा झाडी तथा रुख बढ्दा यातायात व्यवसायी तथा अटोचालकलाई समेत समस्या हुने गरेको बताउनुभयो । सबै मिलेर यस्ता समस्या समाधान गर्न आवश्यक रहेकाले आफू पनि सरसफाइ अभियानमा जुटेको उहाँले बताउनुभयो ।

बुढाका अनुसार अभियानअन्तर्गत शनिबार वडा नं ८ को दिपनगरमा सडक क्षेत्रको सरसफाइ गरिएको छ । आगामी दिनमा शिवपुरतर्फको सडक क्षेत्रलाई समेत अभियानमार्फत सफा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सडक तथा सार्वजनिक स्थानमा फोहर नफाल्न र सडक छेउछाउ व्यवस्थित राख्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । सडक सरसफाइ अभियानमा वडा नं ८ का स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक तथा अन्य स्थानीयवासीको समेत सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी