जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

जेनजीका वास्तविक माग सम्बोधन भएकै छैन

  • शनिबार, भदौ २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 779
    SHARES

कीर्तिपुर, भदौ २८ गते । जेनजी आन्दोलन एकवर्षपछि यसको उपलब्धी र चुनौतीबारे टिकाटिप्पणी हुन थालेको छ ।
यहाँस्थिति किपु बुद्धिजीवी अभियानले आयोजना गरेको जेनजी आन्दोलनको पृष्ठभूमिमा भएका घटनाका सामाजिक, आर्थिक र भूराजनीतिक प्रभाव विषयक विचार गोष्ठीमा वास्तविक जेनजीको माग सक्म्बोधन गर्न वर्तमान सरकारले कन्जुस्याईं गर्न नहुने विचार वक्ताहरुले ब्यक्त गरेका हुन् ।
जेनजी आन्दोलनका विविध पक्षहरुमा अधिवक्ता मोतीलाल नेपाली, युग पाठक र तुल्सीलाल महर्जनले कार्यपत्रहरु प्रस्तुत गर्नुभएका थिए ।
संविधानसभाका सदस्य श्याम श्रेष्ठले वर्तमान सरकार नेपालको संविधानको मर्म र भावना अनुसार चल्न नसकेमा देशमा ठूलो दुर्घटना हुने आशंका व्यक्त गर्नुहुन्छ ।
यस्तै, प्राध्यापक कृष्ण खनालले सूचना प्रविधिमा आएको परिवर्तनसँगै अहिलेको राजनीतिक पार्टीहरुले पनि जेनजी पुस्ताको माग अनुसार नेतृत्वले आफूलाई पनि समयमै परिवर्तन गर्ने हिम्मत गर्न आग्रह गर्नुभयो ।
रेड जेनजीका संयोजक स्मिता तिमिल्सेनाले जेनजी आन्दोलनले नयाँ सरकार पाए पनि वास्तविक जेनजीका मागहरु सरकार र राजनीतिक पार्टीहरुले गर्न नखोजेको आरोप लगाउनुभयो ।
आयोजक संस्थाका संयोजक प्राडा शिवशरण महर्जनले देशी विदेशी शक्तिकेन्द्रहरुको प्रयोगशालाको रुपमा नेपाल बनाउने व्यवस्था अन्त्य गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यपत्रबारे टिप्पणी गर्नुहुँदै राजनीतिक विश्लेषक झलक सुवेदीले युग सुहाउँदो राजनीतिक वातावरणले मात्र जनताको सेवा गर्ने सकिने बताउनुभयो ।
यस्तै, पत्रकार राजेन्द्र महर्जनले राजनीतिक एजेन्डालाई सरकारमा पुग्दा नेतृत्वले क्रियान्वयन नगरेको परिणाम स्वरुप जेनआन्दोलन भएको बताउनुहुँदै वर्तमान सरकारले पनि आशा किरण देखाउन नसकेको औँल्याउनुभयो ।
गोष्ठीमा पत्रकार मिना शर्मा, वेदु अधिकारी, मिलन महर्जन, शम्भुुराम महर्जनलगायतले राजनीतिक विचारधारा सबै राम्रा भएर पनि जनताको माग सम्बोधन गर्न सकेन भने युवाले जहिले पनि विद्रोह गर्न सक्छ भन्ने उदाहरण देखिएको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी