सल्यानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • शनिबार, भदौ २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

शनिबार बिहान भएको जिप दुर्घटनाका ६ घाइते मध्य २ जनाको मृत्यु भएको छ। थप ४ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका– ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।
दुर्घटनाका थप चार घाइतेहरूमा चालक त्रिवेणी – ५ सिम्खका २४ वर्षीय भुपाल पुन, त्रिवेणी– ६ की ४२ वर्षीया लालमती बुढाथोकी, त्रिवेणी– ५ का २९ वर्षीय पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।

घाइते मध्य चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी