काठमाडौँ महानगरद्वारा जलनका बिरामीलाई दुई लाखसम्म निःशुल्क उपचार, कीर्तिपुर अस्पतालसँग दुई करोडको सम्झौता

काठमाडौँ महानगरद्वारा जलनका बिरामीलाई दुई लाखसम्म निःशुल्क उपचार, कीर्तिपुर अस्पतालसँग दुई करोडको सम्झौता

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जलन (बर्न) मा परेका व्यक्तिहरूबोधका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ। सो सेवा प्रदान गर्नका लागि शुक्रबार काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहबरमा महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार काठमाडौँ महानगरभित्रका स्थायी बासिन्दा, कानुनी रूपमा बसाइँसराइ गरी आएका व्यक्ति, जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारका सदस्यले यो सुविधा पाउनेछन्। साथै, अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यो सेवा प्रदान गरिनेछ।

जलनको उपचार तथा आवश्यक औजार, उपकरण खरिद र निःशुल्क सेवा सञ्चालनका लागि महानगरले कीर्तिपुर अस्पताललाई दुई करोड रुपैयाँ उपलब्ध गराएको छ, जसमध्ये एक करोड रुपैयाँ सोझै जलन उपचार कोषका लागि छुट्याइएको छ। कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले पैसाको अभावमा कसैले उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको बताइन् भने अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरको यो सहयोगलाई अत्यन्त महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी