आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना

आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

काठमाडौँ। विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा काठमाडौँमा ‘राष्ट्रिय संवाद सम्मेलन-२०२६’ आयोजना गरिएको छ। नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा शुक्रबार उक्त सम्मेलनको आयोजना गरेको हो।

सम्मेलनमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यको अवस्था तथा समाचार सम्प्रेषणमा सञ्चारमाध्यमको भूमिकाबारे गहन छलफल एवं क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन गर्दै ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले जनचेतना अभिवृद्धि, जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग र जिम्मेवार पत्रकारिताले आत्महत्या दर घटाउन ठूलो मद्दत पुग्ने बताए।

कार्यक्रमअन्तर्गत समग्र मानसिक स्वास्थ्य हेरचाह र सामाजिक परामर्शसम्बन्धी विषयमा वरिष्ठ मनोचिकित्सक डा. निकेशराज भण्डारी, मनोचिकित्सक रामपुकार शाह र सहप्राध्यापक सुकृता राईले आफ्ना धारणा व्यक्त गरेका थिए। यस्तै ‘सञ्चारमाध्यम र मानसिक स्वास्थ्य’ विषयक छलफलमा आत्महत्या तथा हिंसाका घटनालाई संवेदनशील र जिम्मेवार ढङ्गले प्रस्तुत गर्नेबारे युएनका पूर्वसञ्चारविज्ञ चुनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य रविराज बराल र मनोविद् अलिशा अधिकारी सहभागी थिए।

सम्मेलनमा सहभागीहरूको क्षमता अभिवृद्धिका लागि ‘गेटकिपर’ र ‘मिडिया’ तालिमसमेत सञ्चालन गरिएको थियो, जसमा मनोचिकित्सक रामपुकार साह र मनोविद् अलिशा अधिकारीले आचारसंहिता तथा सहानुभूतिपूर्ण समाचार सम्प्रेषणबारे सहजीकरण गरेका थिए। नेसनल सोलुसन एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पवन पौडेलका अनुसार सम्मेलनमा मनोचिकित्सक, क्लिनिकल साइकोलोजिस्ट, नर्स, मनोसामाजिक परामर्शदाता तथा सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी